डडेल्धुरा – डडेल्धुराकाे अमरगढी नगरपालिकाले गत बर्ष जस्तै बिद्यार्थि जिम्मेवार पद्वती लाई निरन्तरता दिएकाे छ ।



जस अन्तर्गत अमरगढीका एक हजार बिद्यार्थीहरु समुदायमा स्वास्थ्य शिक्षा दिनेछन् ।
त्यस क्षेत्रमा भएका समस्या उजागर गर्ने छन् र आवश्यक विवरण संकलन गरी निश्चित ढाँचामा प्रतिवदेन तयार पारेर बैसाख ५ गते भित्र बिद्यालय नर्सलाई बुझाउने छन् ।
बिद्यालय नर्सले प्रतिवदेन तयार गरी स्वास्थ्य र शिक्षा शाखामा बुझाउने छन् । यसबाट समुदाय, बिद्यार्थि र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार हुने विस्वास गरिएको छ ।
Views: 127

























