२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

विप्लव माओवादीसँग वार्ता गर्न सरकारले वार्ता टोली बनायो

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले टोली गठन गरेको छ । 

सरकार र विप्लव नेकपा दुवै वार्ताका लागि सकारात्मक भएपछि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्यीय वार्ता टोली घोषणा गरेको हो । 

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले निकालेको विज्ञप्तिमा थापा नेतृत्वको वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको उल्लेख छ । 

‘यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । हाम्रो पहिलो शर्त सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्ने, प्रतिबन्ध फकुवा गर्नुपर्ने लगायतका केही छन् ।’ नेकपाका एक नेताले भने । 

हिंसात्मक गतिविधि गर्न थालेपछि विप्लव नेतृत्वको नेकपामाथि २०७५ साल फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको थियो । 

दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव नेकपासँग छिट्टै वार्ता हुने र वार्तापछिको सहमतिको कार्यक्रम घरमै बसेर हेर्नसकिने बताउनुभएको थियो । 

करिब एक साताअघि विप्लवले विज्ञप्ति जारी गर्दै सरकार वार्ताका लागि इमान्दार भएर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न दिन तयार भएमा आफ्नो पार्टी वार्ताका लागि तयार रहेको बताउनुभएको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।