२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

अछामको दुर्गम गाउँमा विद्यार्थीले बनाए डोजर र गाडी !

अछाम । अछामको दुर्गम गाउँमा रहेको एक विद्यालयका विद्यार्थीले कोठ, स्लाइनटको पाइपलगायतका घरेलु सामान प्रयोग गरेर डोजर, गाडी र हेलिकोप्टर बनाएका छन् ।

मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा रहेको नन्देश्वरी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरथ सागर टमट्टाले बनाएका उपकरणबाट विद्यालय र गाउँलेहरू समेत आश्चर्यमा परेका छन् ।

विद्यालयले विज्ञान विषयको प्रयोगात्मक परीक्षाका लागि केही सामग्री तयार गर्न दिएका सागरले एकाएक विभिन्न नयाँनयाँ उपकरण तयार गरेपछि शिक्षकहरू समेत अचम्मित बनेका हुन् ।

१६ वर्षका टमट्टाले स्थानीयस्तरमा पाइने पुराना फाटेको चप्पल, रेडियो, टेलिभिजन, स्लाइनको पाइप, चाउचाउको खोल तथा लाइटका सामग्री प्रयोग गरेर यस्ता उपकरण तयार गर्नु भएको छ । सागरले डोजर, बस, जीप एम्बुलेन्स, हेलिकोप्टर तयार गर्नु भएको छ ।

टीकटक हेरेको भरमा उपकरणहरु तयार गरेको सागरले सीआईएनसँग बताउनुभयो । ‘स्कुलमा विज्ञानमा प्रयोगात्मक गर्न पाइँदैन, मलाई विज्ञानमा पढेका विषय बनाउन मन लाग्छ । ’ सागरले भन्नुभयो, ‘टिकटकमा म जस्तै कुनै युवाले बनाएको भिडियो हरेको थिएँ । त्यही आधारमा मैले पनि बनाएको हुँ ।’

एसईईको तयारी गरिरहनु भएका सागरले पास भएपछि इलोक्ट्रोनिक ईन्जिनिर पढेर प्रयोग गर्न मिल्ने गरी गाडी, डोजर बनाउने इच्छा राख्नु भएको छ ।

‘यो ज्ञानलाई म वास्तविकतामा लागु गर्न चाहान्छु ।’ सागरले भन्नुभयो ‘तर घरको आर्थिक अवस्था नभएकाले त्यो म कसरी पढौँला चिन्ता भने अहिले नै लाग्न थालेको छ । दलित समुदायका सागरको घरको आर्थिक अवस्थामा राम्रो छैन ।

सागरले तयार गरेका सामग्रीलाई पालिकाले प्रर्दशनी गर्ने योजना बनाउनुभएको छ । नन्देश्वरी माध्यमिक विद्यालयले सीटीईभिटी सम्बन्धमा प्राविधिक विषय पढाउन थालेको छ ।

सागरको जस्तो प्रतिभा भएका विद्यार्थीलाई पालिकासँग समन्वय गरेर सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरेण्ड भट्टराईले बताउनुभयो ।

विद्यालयले प्रतिभावान विद्यार्थीका लागि सहयोग कोष स्थापना गर्न पहल गर्ने भट्टराईले जानकारी दिनुभयो । विज्ञान र प्रविधिमा रूचि राख्ने १६ वर्षका सागर जिज्ञासु स्वभावका रहेको विद्यालयका प्रिन्सिपल कुलबहादुर रावलले बताउनुभयो ।

सागर प्राविधिक विषय हेरेको भरमा नै बनाउन सक्छन् । बिजुलीको वाइरिङसमेत सागरले हेरेकै भरमा सिक्नु भएको छ ।

कुनै पनि स्रोतबिना गाडी समेत मुस्किलले देख्न पाइने ठाउँमा बनाएका उपकरण देखेर विद्यार्थी, शिक्षक तथा अभिभावक पनि खुसी देखिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।