कैलाली – बोलन्या थलीले कैलाली जिल्ला कारागारमा पढन्या थली ( नि : शुल्क ) पुस्तकालय राखेको छ ।



चेतनशील समाज , बैचारिक प्रहार र तर्कपुर्ण अभिव्यक्ति आधुनिक नेपाली समाजको आबश्यकता रहेकोले प्रदेशका नौ ओटै जिल्ला कारागारमा कैदीहरु लक्ष्यित पढन्या थली बिस्तार गर्ने कार्यक्रम अन्तर्गत आज कैलाली जिल्ला कारागारबाट अभियान शुरु गरेको बोलन्या थली यादब जोशीले जानकारी दिए ।
जेलमा वसेर पनि संसार हल्लाले कृति लेखेका इतिहासहरु छन , हामीले कैदीहरुलाई सामाजिक आत्मसम्मानको परिधिभित्र ल्याउनुपर्छ , प्रेम र पुस्तकले मान्छे सुद्रीने र दार्शनिक पनि बन्ने मेरो दाबी हो , त्यसैले कारागारमा फलफुल भन्दा पुस्तक दिन आएका हौ संयोजक जोशीले भने !
बोलन्या थलीका तर्फबाट संयोजक यादब जोशी , आदित्य जोशी ,अजय पाण्डे र देवराज अवस्थीहरुले युनिटले कारागार प्रशासनका निमित्त प्रमुख बिरेन्द्र बोहरा , शुनैना श्रेष्ठ , टेक किमाडी मनोज बोहराको रहोबरमा र कैदी तर्फका चौकीदार पर्शु रानालाई पुस्तक हस्तान्तरण गरेका थिए ।
बोलन्या थली पश्चिम सेतीका लागि आभियान / आन्दोलन गर्ने संस्था हो ।

























