२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डोटीमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम

जिल्ला अस्पताल डोटीको आयोजनामा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सुरु गरिएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा जिल्ला अस्पतालका डाक्टर गाउँमै पुगेर चेकजाँच तथा उपचार गर्ने उदेश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
जिल्लाको जोरायल गाउँपालिकामा पहिलो चरण जोरायल गाउँपालिकामा गरिएको हो । ‘गाउँघरमा चिकित्सक’ कार्यक्रमबाट एकै दिन सोमबार मात्र १ सय ९८ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको जिल्ला अस्पताल डोटीका ना।सु लोकेन्द्र बिष्टले जानकारी दिएका छन् । शिबिर मंगलबार पनि चल्ने आयोजकले जानकारी दिएको छ । सेवा लिनेहरुमा १ सय ५७ जना महिला र ४१ जना पुरुष रहेका छन् ।
जिल्ला अस्पतालका चिकित्सकहरु डा।ज्योती पाण्डे, डा। प्रकाश ठकुल्ला र डा।सोहन कुमार साहले चिकित्सकीय सेवा उपलब्ध दिईरहेका छन् । उक्त कार्यक्रममा भिडियो एक्सरे, ईसिजी, एक्सरे, प्रयोगशाला सेवा र निशुल्क औषधि सेवा प्रदान गरिएको नायब सुब्बा बिष्टले जानकारी दिनु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।