२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

मेरिकी सेनाद्वारा सिरियामा हवाई आक्रमण

एजेन्सी । अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको छ ।

आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो ।

पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ । यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए । फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पमा आक्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो ।

यसका साथै उक्त आक्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए ।

यसअघि बगदादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट हमला गरेको थियो । जहाँ हरित क्षेत्र सहित अमेरिकी दूतावास र अन्य कूटनीतिक नियोगहरू थिए ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।