कञ्चनपुर,१४ फागुन । कञ्चनपुरमा बस पल्टिएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा ना ६ ख ९१०२ नम्बरको बस पल्टिएको हो। महेन्द्रनगरबाट बेलौरी आउदै गरेको बस पल्टिएको प्रहरीले जनाएको छ ।



बसमा सवार ६ जना घाइते भएका छन्। उनीहरुको बेलौरी प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ।
बसका चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए । उनको खोजी कार्य भईरुहेको बताए ।
Views: 273

























