२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

धनगढीमा आयोजित मैत्रिपूर्ण क्रिकेट खेलमा पत्रकार–११ विजयी

कैलाली , १४ फागुन ।  धनगढीमा आयोजित मैत्रिपूर्ण क्रिकेट खेलमा पत्रकार–११ विजयी धनगढीमा शनिवारदेखि सञ्चालन हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को पूर्वसन्ध्यामा आयोजना भएको मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकार ११ विजयी भएको छ ।

पत्रकार ११ ले फाप्ला भेट्रानलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको भेट्रानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा एक सय तीन रन बनायो । उस्का लागि धर्म खड्काले ४४ रन बनाए । बलिङमा पत्रकार ११ का ज्ञानेन्द्र क्षेत्रीले ३, बाबुराजा श्रेष्ठले दुई र देवेन्द्र पाण्डेयले १ विकेट लिए ।

एक सय चार रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको पत्रकार ११ ले १६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो । सुरुवाती ब्याट्सम्यानलाई पहिलो ओभरमै गुमाएको पत्रकार ११ का लागि मुकेश खड्काले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित रहँदै ७१ रन बनाए । भेट्रानका लागि सुवाश शाहीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच मुकेश खड्का भए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।