२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिए

नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका ११२ सङ्क्रमितसहित नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म दुई लाख ७० हजार २७७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल ९३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म दुई हजार ७७१ जना सङ्क्रमितको मृत्यु भएको हो । हाल ९३६ जना आइसोलेशनमा छन् । ७१ जना क्वारेन्टिनमा छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।