२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

तारकेश्वरमा फेरि बर्ड फ्लु : १५ हजार कुखुरा नष्ट

काठमाडौं — काठमाडौंको तारकेश्वरमा देखा परेको बर्ड फ्लुका कारण झण्डै साढे १५ हजार कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ । बिहीबार पुष्टि भएको बर्ड फ्लु नियन्त्रण गर्न संक्रमण देखा परेको क्षेत्र वरपरका लेयर्स, बोइलर र लोकल गरेर  १५ हजार ३५७ गोटा कुखुरा नष्ट गरिएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले बताए ।     जसमा लेयर्स ५६५७, बोइलर ७२३६ र २५०४ गोटा लोकल कुखुरा छन् । यस्तै ३ हजार ५७० गोटा अण्डा, ५० गोटा टर्की र १७ बट्टाई  र ३ हजार किलो कुखराको दाना पनि नष्ट गरिएको नष्ट गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै संक्रमण देखिएको क्षेत्र वरपर नि संक्रमणको काम सम्पन्न भएको पनि विभागले जनाएको छ । साथै कुराखा फार्म वरपर स्वस्थ्य सुरक्षाको उपाय अपनाउन, घरपालुवा पशुपन्छीलाई बाहृय पशुपन्छीको सम्पर्कमा आउन नदिन पनि विभागले किसान एवं व्यवसायीहरुलाई अपील गरेको छ ।

अस्वभाविक रुपमा पन्छी विरामी परे वा मरे तत्काल नजिकैको पशु सेवा निकायमा खबर गर्न पनि विभागले आग्रह गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।