२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, १३ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक केही दिनका लागि स्थगित गरेका हुन्।

सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा बैठक आह्वान गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठक बस्ने, बैठकले राष्ट्रपतिलाई संसद बैठक आह्वानका लागि सिफारिस गर्ने लगायतका प्रक्रिया हुने भएकाले पार्टीको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

हिजो बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको फैसलाको सम्मान गर्ने निर्णय गरेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।