पुष्कर भण्डारी,डडेल्धुरा — कोरोना भाईरसाको संक्रमण देखिएको नौ महिना पछि डडेल्धुरा कोरोना संक्रमित शुन्य जिल्ला भएको छ । कोही कसैमा पनि संक्रमण नदेखिएको र संक्रमण भएकाहरु पनि निको भए पछि डडेल्धरा शुन्य कोरोना संक्रमित भएको जिल्ला बनेको छ ।



गएको जेठ महिना ६ गते पुर्वाधार विकास कार्यालयका एक जना ओभरसेयर बाट कोरोना भाईरसको संक्रमण देखिएको थियो । उनको ट्राभसलङ्ग हिस्ट्रि थिएन । यस्तो केसलाई ईन्डिजिनियस केस भनिन्छ । उनि बाट पहिलो पटक देखिएको कोरोना भाईरसको संक्रमण सोमबार देखि शुन्यमा झरेको छ प्रमुख जिल्ला अधिकारि हरिप्रशाद घिमिरेले बताए ।
सोमबारको रिपोर्ट अनुसार डडेल्धुरा कोरोना मुक्त भएको छ । डडेल्धुरामा अहिले सम्म कोरोना भाईरस संक्रमितको संख्या छ सय ९९ पुगेको छ । यि मध्ये चार जनाको मृत्यु भएको छ भने छ सय ९५ जना निको भएका छन ।
आईतबार सम्म डडेल्धुरामा एक जनामा कोरोना भाईरसको संक्रमण थियो । सोमबार सम्म आउदा कोही कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको र संक्रमण देखिएकाहरु पनि निको भएर घर गए संगै डडेल्धुरा कोरोना भाईरस मुक्त जिल्ला बनेको हो ।
डडेल्धुरामा सोमबार सम्म पहिलो चरण अन्तरगत कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ । गत माघको १४ गते देखि नेपालमा पहिलो चरण अन्तरगर्त खोप अभियान सञ्चालन गरिएको थियो । सरकारले तालेको अग्रपंत्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स, शव वहानका सवारि चालक, पत्रकारहरुलाई खोप लगाईएको छ ।
खोपको पहिलो चरण अन्तरगत डडेल्धुरामा ११ सय ६५ जनालाई खोप लगाउने लक्ष्य थियो । त्यस बेला एक हजार ६० जनालाई खोप लगाईएको थियो । यो ९४ प्रतिशत हो । पहिलो चरणको दोस्रो अभियान अन्तरगत सोमबार बेलुकी सम्म खोप लगाईएको छ । सोमबार दिउसो सम्म १४ सय ६९ जनाले खोप लगाएका छन । यो लक्ष्यको ६० प्रतिशत बढी हो ।
खोपको दोस्रो चरण अन्तरगत फागुनको २३ गते देखि खोप अभियान सुरु हुने छ । पहिलो चरणको खोप जिल्ला स्वास्थ्य कार्यालमा लगाईएको थियो । अब भने खोप केन्द्र बाट नै खोप लगाईने प्रमुख जिल्ला अधिकारि घिमिरेले बताए ।

























