२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

बैतडीमा मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता हुने

बैतडी, १० फागुन । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ।

मेयर र उपमेयर क्रिकेट प्रतियोगितामा सम्पूर्ण खेलहरु सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।

मेयरकप क्रिकेटको प्रथम पुरस्कार ७५ हजार र द्वितीय पुरस्कार ५० हजार रहेको छ भने उपमेयर क्रिकेटको विजेता टोलीले ४५ हजार पाउनेछ भने उपविजेताले ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ।

क्रिकेटको विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए।

प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।