कैलाली- कैलालीको गोदावरी नगरपालिका – १अत्तरियामा जिपि कोईराला लोकतन्त्र सम्बद्र्धन केन्द्र कैलाली शाखा कार्यालयको स्थापना गरिएको छ ।



राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्थापना गरिएको कार्यलयको एक कार्यक्रमका बिच नेपाली कांग्रेसका महासमिति सदस्य डा. लक्ष्मी राज पाठकले उद्घाटन गरेका हुन। कार्यक्रममा बोल्दै महासमिति सदस्य पाठकले जिपि कोईराला लोकतन्त्र प्रति कटिवद्ध व्यक्तित्व भएको बताए । ‘विपी सैद्धान्त प्रतिवादन गर्ने व्यक्तित्व हुन भने जिपि सिद्धान्तलाई कायान्वय गर्ने, संगठन विस्तार गर्ने व्यक्ति हुन ।’
उनले जिपि कोईरालामा देश विकासको चाहना अत्यन्तै बढी भएको बताए । जिपी कोईराला प्रधानमन्त्री हुँदा सल्लाहकार समेत रहेका पाठकले कोईरालामा प्रभाव पार्ने क्षमता र निर्णय गर्ने क्षमता एकदमै उत्कृष्ट भएको बताए ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ‘ख’ का सभापती खेम बहादुर साउँद, लगायतका पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जिपी कोईराला सम्बद्र्धन केन्द्र कैलाली शाखा कार्यालयका अध्यक्ष जगत महराको सभापतित्वमा भएको कार्यक्रमको संचालन जिपि कोईराला लोकतन्त्र सम्बद्र्धन केन्द्र कैलालीका महासचिव देव राज ओझाले गरेका थिए ।

























