२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

निर्वाचन आयोगको कामप्रति प्रधानमन्‍त्री ओलीको असन्तुष्टि

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ७१औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा संयुक्त रूपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिर्दै गर्दा पनि आयोगले कार्यतालिका समेत प्रकाशित गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।

‘निर्वाचन गर्न पर्ने निकायले समयमा गर्नु पर्दछ,’ उनले भने, ‘मैले प्रतिनिधि सभा विघटन गरेपछि ६ गते नै बोलाएर आयोगलाई तयारी गर्नुस् भनेको थिएँ । मैले गएर अस्ती गएर पनि सोधेँ। तयारी गर्दैछौ भन्नु भयो । तर कार्यक्रम प्रकाशित भएको छैन । के तयारी गर्नु भयो ? आयोगको काम त्यती राम्रो देखिएको छैन । जनताले निर्वाचनको तयारी गरेको थाहा नपाएको भन्दै उनले समयमा नै निर्वाचन गर्नेगरी तयारीमा जुट्न आयोगको ध्यानाकर्षण गराए ।

देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षडयन्त्रले निर्वाचनलाई रोक्न नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले केही तत्वले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको धारणा राखे । उनले अग्रगामी सोचका साथ काम गरिरहेको सरकारलाई रुमल्ने प्रयासलाई आफूले प्ररास्त गरेको बताए ।

ताजा जनादेशमा जाने निर्णयले संविधान नमिचिएको र लोकतन्त्र पनि खतरामा नपरेको उनको भनाइ छ । ओलीले दाहाल-नेपाल पक्षले पार्टी फुटाएको घोषणा गरेको भन्दै आफू झगडियाको बिचमा नपर्ने उल्लेख गरे।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।