२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

मुलुकभर ९७ जना संक्रमित थपिए

काठमाण्डौं, ७ फागुन । नेपालमा कोरोनाभाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ११४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । हाल एक हजार ५८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ६९ हजार ६१९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ६१ जना कोरोना सङ्क्रमितले सङ्क्रमणबाट ज्यान गुमाएका छन् । हाल एक हजार ५८३ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् ।

हालसम्म २१ लाख ३४ हजार २६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।