२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

१७ औं दिनपछि भागरथीको अन्त्येष्टि गर्ने तयारीः फोटो कथा

बलात्कारपछि हत्या भएको १७ औं दिनमा बैतडीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गरिदै छ तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका सदस्यहरुले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन् ।

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । दिनेशले पनि भागरथीका अभिभावकसामु आफूले नै हत्या गरेको स्वीकार गरेपछि भागरथीको परिवार दाहसंस्कार गर्न सकारात्मक भएका हुन् ।
भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी
भागरथीका काका लक्ष्मण भट्टले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहित छलफल भइरहेको बताए । ‘हामी छलफल गरिरहेका छौं । प्रमाणहरु नष्ट नहोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसको निचोडमा पुगेपछि शव उठाउने छौं,’ लक्ष्मणले भने ।

जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर जनक धामीले पनि शव उठाउने तयारीमा रहेको बताए ।गत माघ २१ गते विद्यालयबाट घर जान हिँडेकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । पोष्टमार्टम गर्दा उनको बलात्कारपछि हत्या भएको पत्ता लागेको थियो ।No description available.

दिनेश नै अभियुक्त पुष्टि हुने कारण प्रष्ट पार्दै डिआइजी सुवेदी
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका किशोर दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ।मंगलबार राति घरबाटै पक्राउ गरिएका दिनेशले हत्या स्वीकार गरेपछि बुधबार जिल्ला प्रहरी कार्यालय बैतडमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसहितका प्रहरी अधिकारीले पत्रकार सम्मलेन गरेर घटनाबारे जानकारी गराउँदै अभियुक्तलाई सार्वजनिक गरेको हो। सुरुवातदेखि नै निगरानीमा रहेका दिनेश मंगलबार राति प्रहरी बयानमा हत्या गरेको स्वीकार गरेको र उनले भनेबमोजिमको घटना विवरण मिलेको सुवेदीले बताएका छन्।No description available.

दिनेश नै अभियुक्त पुष्टि हुने कारण प्रष्ट पार्दै डिआइजी सुवेदीले भने, ‘घटनास्थल जाँच, मुचुल्का, आरोपितको घटनास्थलमा उपस्थित, मोबाइल लोकेसन, अन्य टेक्निकल पाटो, प्रत्यक्षदर्शी, आरोपितका गतिविधि, पीडित पक्षको भनाइलगायतको आधारमा नै दिनेश अभियुक्त हुने बलियो प्रमाण हुन्।’

No description available.
यिनै प्रमाणको आधारमा दिनेशविरुद्धको आरोप पुष्टि हुनेमा आफू ढुक्क रहेको सुवेदीले बताए। हालसम्मको अनुसन्धानले बलात्कार र हत्या प्रकरणमा एक जनाको मात्रै संलग्न रहेको देखिएको सुवेदीको भनाइ छ।
आरोपितले पनि आफू एक्लैले घटना गराएको र घटनाको अवस्था हेर्दा पनि एकै जनाबाट बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष रहेको सुवेदीले बताए। डिआइजी सुवेदीले आफू मातहतकै जिल्ला कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार र हत्या घटना पनि एक महिनाभित्र टुंगोमा पुर्याउने हिसाबले काम भइरहेको बताए।
‘अहिलेसम्म हाम्रो ुअर्जुनदृष्टिु भागरथीको घटनामा मात्रै केन्द्रित थियो,’ डिआइजी सुवेदीले भने, ‘अबको एक महिनाभित्र ुनिर्मला काण्डु पनि सल्टाउने हिसाबले काम भएको छ।’गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो। शव फेला परेको १३ दिनपछि प्रहरीले हत्याका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।