दिपक ओझा/ धनगढी- सुदुरपश्चिम सामुदायिक अस्पतालमा दान पेटिका राखिएको छ । धनगढीमा रहेको दृष्ठी फाउन्डेसन लाई आर्थिक सहयोग जुटाउन केही भएपनि राहत हुन्छ भनी अत्तरियामा रहेको सुदुरपश्चिम सामुदायिक अस्पतालमा दान पेटिका राखिएको हो ।



समाजिक अभियानता यशोदा भट्टको पहलमा सामुदायिक अस्पतालमा दान पेटिका राखिएको दृष्ठी फाउन्डेसनकि अध्यक्ष कल्पन भट्टले बताइन् । काम गर्दै आएकी यशोदा भट्ट चोखाल ले दृष्ठी फाउन्डेसनको लागी काे दान पेटिका राखेकी हुन ।
उनले दान पेटिक मार्फत जम्मा हुने रकमा दृष्ठी फाउन्डेसनलाई बुझाइने बताईन् । थोरै भएपनी दान गर्नेहरुलाई सहज होस् भनेर दान पेटिका राखिएको उनको भनाई रहेको छ ।
दृष्टि फाउनडेसन सन्चालिका कल्पना भट्टले पनि हाम्रो समस्या लाइ मध्यनजर गर्र्दै उक्त काममा सहयोग गर्नुहुने सुदुरपश्चिम सामुदायिक अस्पतालमालाई धन्यबाद व्यक्त गर्नुभयो। फाउनडेसनले बिगत लामो समयदेखी सामाजिक क्षेत्रमा काम गर्दै आएकि छन् ।

























