२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

जहाँ मानिसलाई जिउँदै गाड्ने गरिन्छ !

क्यूवा : देश अनुसार भेष भनेझै हरेक समुदाय र ठाउँ अनुसार नै परम्परा र संस्कृति भिन्न हुन्छन्। आज हामी एक यस्तै परम्पराबारे जानकारी गराउँदैछौं। जो सुन्दा अपत्यारिलो लाग्छ। यो अनौठो परम्परामा जिउँदो मानिसलाई गाड्ने गरिन्छ। 

क्यूवामा बुजी फेस्टिबलका नामले यो प्रथा निकै चर्चित छ। यो पर्वमा जिउँदो व्यक्तिलाई गाड्ने गरिन्छ। कुनै एक व्यक्तिलाई ताबुतमा बन्द गरिन्छ र उसलाई सहरको सडकमा घुमाइन्छ। 

ताबुतको पछिपछि उसका आफन्त र मित्रजनसमेत कैयौं मानिसहरुको भीड हिँड्ने गर्छ। सबै मानिसहरु रक्सीको मदहोसमा ताली बजाउँदै नाच्ने गर्दछन्। यतिमात्र होइन, सेतो कपाल फुलेकी एक महिला ताबतभित्र रहेका व्यक्तिकी विधुवा बन्ने गर्छिन्।

No description available.

खबर अनुसार क्वूवामा यो पर्व पछिल्लो ३६ वर्षदेखि मनाउँदै आइएको छ। यसको नाम ब्यूरियल अफ पचैन्चो हो। हुन त यो पर्व कसैलाई जिउँदै गाड्नका लागि हुन्छ। तर, माहोल हेर्दा कुनै विवाहको तामझामभन्दा कम हुँदैन। 

यो पर्वको सुरुवात १९८४ मा भएको थियो। यसलाई स्थानीय कार्निभल समाप्त हुने र एक नयाँ जन्मको संकेतका रुपमा मनाइने गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।