बैतडी-नेकपाको ओली समूहका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले भागरथी हत्या प्रकरणका बिषयमा शनिबार मृतकका परिवारजनसंग छलफल गरेका छन्। भागरथीका हत्यारालाई पत्ता लगाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले परिवारजनलाई धर्यधारण रहन आग्रह गरे।



भण्डारी सहितका नेताहरु चडेपानीमा पुगेर भागरथीका हत्यारा पत्ता लगाउन सरकारी संयन्त्रले काम गरिरहेको र यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।यस्तै मृतक भागरथीका परिवारलाई सरकारका तर्फबाट गर्न सकिने सबै सहयोग गर्ने पूर्व अर्थराज्यमन्त्री भण्डारीले प्रतिबद्धता व्यक्त गरे।
Views: 187

























