२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

प्रेस युनियनमा डोटीमा आबद्ध पत्रकारहरूकाे दुर्घटना बिमा

 माघ ३० गते ,डोटी – नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूकाे दुर्घटना तथा जाेखिम बिमा गरिएकाे छ । एशियन लाईफ ईन्स्याेरेन्स दिपायलले एक लाख बराबरकाे बिमा गरिदिएकाे प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन् ।

एशियन लाईफ दिपायलका शाखा प्रबन्धक नवराज पण्डीतले समाजसेवाका लागि पत्रकारहरू निरन्तर जाेखिमका साथ खटिरहने भएकाले शाखाले युनियनको अनुरोध स्वीकार गर्दै दुर्घटना तथा जाेखिम बिमा गरि दिएकाे पण्डितले बताए । उनले भने ,’ ज्यानकाे बाजि राखेर समाज रूपान्तरणका लागि भुमिका खेलेकाले सम्मान स्वरूप बिमा गरिदिएकाे हो ।

आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने परिबध्द्ता व्यक्त गरे ।’ शाखाले ५० तथा प्रेस युनियन डाेटीले २० जना वापतकाे बिमा शुल्क ब्यहाेरेकाे अध्यक्ष बमले बताए । डाेटीमा ०६५ सालदेखि शाखा संचालन गरेर सेवा दिदै अाएकाे एशियन लाईफ ईन्स्याेरेन्स डाेटीकाे पुरानाे बिमा कम्पनि हाे । एशियनले डाेटीबाट नै सबै प्रकारका बिमाहरूकाे भुक्तानी गर्दछ ।

जीवन बिमा काेष २३ अर्ब रहेकाे एशियन लाईफ नेपालकै अग्रणी कम्पनि भएकाे प्रबन्धक पण्डितले जानकारी दिए । एशियन लाईफकाे देशभर १४० शाखा कार्यालय रहेकाे छ । यस अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरकाे सहयाेगमा लुम्बिनी ईन्स्याेरेन्समा युनियन अावद्व ९२ पत्रकारहरूकाे काेराना बिमा गरिएकाे थियाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।