देशमा दिनहु बलत्कार,हिंसाका घटना बढिरहेका छन्। बुधबार मात्र स्कुल पढ्न गएकि भागरथिकाे स्कुल नजिकैकाे वनमा मृत्यु अवस्थामा भेटिईन्। बैतडीको दोगडाकेदार गाउँपालिका-७ चेडपानीकी भागरथी भट्ट ।बुधबार बिहान स्कुल गएकी भागरथी घर फर्किन पाईनन ।
स्कुकको छुट्टी हुने बित्तिकै छोरी घर आउली र चक्की जालीन भन्ने सोचिकी थिईन आमाले तर भागरती आईनन । केही समय अगाडी मात्रै पती गुमाएकी भागरतीकी आमाले सेतो कपडामा बुधबार साझँसम्म पनी छोरी आउने आशामा भागरथीको बाटो हेरिरहेकी थिईन ।



तर भागरथी सगैका साथीहरु सबै घर फर्किए, हेर्दा हेर्दे डाडा माथिको घाम अस्तायो, एक्कै छिनमा क्षितिज पारी देखिएको सुर्य पनी अस्तायो अनि झमक्कै रात प¥यो, चारै तिर अन्धकार भयो तर भागरथी फर्किएर घर आईनन । अबेरसम्म भागरथी घर नआए पछि सोधखोजको काम चल्यो तर कतै भेटिईनन भागरथी । परिवारले अड्कल काट्न थाले कतै पाईल पो गईकी ?
जवान भएकी छोरी पाईन जान पनि सक्छे भन्ने आफ्न्तको अनुमान पनी गलत थिईन । सबै तिर तलासी गर्न थालियो । बिहिबार प्रहरीकोमा उजुरी पनी गरियो । सबै तिर उथल फुथल र हल्ला खल्ला भयो ।
भागरथी हराएको खबर गाउँभरि फैलियो । यतिबेला सम्म पनि भागरथी जिउदै होलीन भन्ने आशा सबैको मनमा थियो । तर त्यो आशा एक्कै छिनमा निराशामा परिणत भयो । बिहिबार भागरथी भेटिईन तर सधैका लागी आखा बन्द गरेको अबस्थामा ।
निर्मला पन्त / महेन्द्रनगर
निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी/बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । निर्मलाकाे घटनाका छानबिनका लागि समय समयमा टाेलि फेरिए तर निर्मलाले भने दुई बर्ष वित्दा समेत न्याय पाउनु सकेकि छैनन्।
सम्झना वि.क/ बझाङ
बझाङको मस्टा गाउँपालिका–२ निवासी १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि हत्या गरिएकाे थियाे । हत्याका अभियुक्त भने समातिएका थिए । अभियुक्त राजेन्द्र बोहराको बयानले अनुसन्धानमा खटिएका प्रहरी नै त्रसित बनेको थिए । पहिला नै एक बालिकाको बलात्कार गरिसकेका बोहोराले संझनालाई बलात्कार गरेपछि त्रिसुल रोपेर बिभत्स हत्या गरेको बयान दिएका थिए ।मृत अात्माले शान्ति पाअाेस :हार्दिक श्रद्धाञ्जली ,सरकार यी घटनाकाे तत्काल अनुसन्धान गरि दाेसि माथि कारवाहि गर ।
निर्मला पन्तकाे न्यायका लागि गाउँ देखि सिंहदरबार सम्म अान्दोलन गरे तर सरकारले दाेसि पत्ता लगाउनु सकेन। भागरथिकाे न्याय माग्न अहिले गाउँ देखि सिंहदरबार सम्म जनता जागेका छन्। यस्तै नहाेस बैतडीका भागरथि माथि अन्याय नगरियाेस सरकार अामाकाे आशु लाग्ने छ। घरमा पति नहुन,छाेरि नहुनु काे पीडा केवल अामालाई थाहा छ। सरकार भागरथिलाई न्याय दे!अन्धाेपन नदेखाउ सरकार ।
दिपकराज भट्ट / भागेश्वर – डडेल्धुरा

























