बैतडीकी १७ बर्षिया किशोरीका हत्यारालाई कारवाहीको मागगर्दै मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यलय अगाडी प्रर्दशन गरिएको छ ।



बिहीवार मृत फेला परेकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालयको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका हुन ।
गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो ।
Views: 162

























