२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

४८ वर्षीया महिलाको घरभित्रै हत्या

बारा । बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका–१ की कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ ।

हत्याको बारेमा अनुसन्धान गर्न जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।आइतबार बेलुकी उनका श्रीमान् खाना खाएर घर बाहिर निस्किएका थिए ।

केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् ।कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।