अत्तरिया – जिपि कोईराला लोकतन्त्र सम्बद्र्धन केन्द्र कैलालीको अध्यक्षमा जगतराम महरा मनोनित भएका छन ।



शान्ति नायक गिरीजा प्रसाद कोईरालाको बिचार अनुशरण गर्दै भावि पुस्तालाई योजना, निती र कार्यान्वयनमा सुदृढ र सार्थक बनाउने उद्देश्यले स्थापित केन्द्रको जिल्ला अध्यक्षमा महरालाई चयन गरिएको हो ।
केन्द्रका केन्द्रिय महासचिव विपिन अधिकारीले सामाजिक विशिष्टता र स्थानीय आवश्यकतालाई मध्यनगर गरी प्रबुद्ध बुद्धिजीवि, सामाजिक अभियान्ता, लोकतन्त्र र विकासलाई सर्वोपरी मान्ने व्यक्तित्वहरुसंगको छलफल, परमर्श गरी आफ्नो मातहतका समितिलाई पूर्णता दिने गरी जिल्ला अध्यक्षको जिम्मेबारी दिईएको बताएका छन ।
नेपालको लोकतान्त्रिक आन्दोलनलाई मुर्तरुप दिई संसदीय व्यवस्था, संबैधानिक सर्वोच्चता, विधिको शासन मार्फत लोकतान्त्रीक जीवनशैली निर्माणमा योगदान पु¥याएको भन्दै कोईरालाको नाममा केन्द्र स्थापना गरिएको हो ।


















