२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

पुनर्वासमा नि : शुल्क पशु स्वास्थ शिबिर सम्पन्न

कञ्चनपुर । पुनर्वास नगरपालिकाको आयोजनामा नि: शुल्क पशु स्वास्थ शिबिर सम्पन्न भएको छ । नगरपालिका अन्र्तगत पशु शाखाको आर्थिक बर्ष २०७७ ७८ को स्वीकृत कार्यक्रम अन्र्तगत  आज वडा नम्बर ११ मा नि:शुल्क पशु स्वास्थ शिबिरको आयोजना गरिएको हो ।

पशु स्वास्थ्य शिबिरमा बिभिन्न किसिमका रोगको भ्याकसिन समेत पशुहरुलाई लगाईएको छ । आफ्नो घर आंगनमानै पशुपन्छीको उपचार भएपछी ठूलै राहत भएको र नगरपालिकाले यस्ता किसिमका कार्यक्रमहरु ल्याउदा सबैलाई समेट्ने गरि प्रचार प्रचार हुन नसकेको भन्दै यसमा ध्यान दिनुपर्ने पुर्नवास नगरपालिका वडा नम्बर १० मा बस्दै आएका प्रेम सि ठगुन्नाले बताए ।

पशु स्वास्थ्य र मानव स्वास्थ्य अभिन्न अङ्गका रुपमा गासिएको हुनाले एक स्वास्थ्यको आवधारणा अनुसार पशुको स्वास्थ्यमा सुधार आएमा मानीसको स्वास्थ्यमा पनि सुधार आउने भएकोले निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको पुनर्वास नगरपालिकाको पशु शाखा प्रमुख अनिता केसिले बताईन् । गर्भ परीक्षण,बन्ध्याकरण,बाझोपन,कुकुरकने रेबिज लगायतका सेवाहरु दिएको उनको भनाई छ । नि शुल्क पशु स्वास्थ शिबिर  विहान १० वजेदेखि साझ ४ वजे सम्म राष्ट्रिय माविको खेलमैखानमा सम्पन्न भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।