२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

‘मकै सुकाई राख्नु आमा, म स्कुलबाट फर्किएर चक्की जाउँला’ भनेर गएकी भागरथी उतै अल्झीन्

बैतडी- ‘मकै सुकाई राख्नु आमा, म स्कुलबाट फर्किएर चक्की जाउँला’ यस्तै भनेर स्कुल गएकी थिईन।बैतडीको दोगडाकेदार गाउँपालिका-७ चेडपानीकी भागरथी भट्ट । यही वाक्य उनले आफ्नी आमासगं बोलेको अन्तिम बाक्य हुन पुग्यो । गत बुधबार बिहान स्कुल गएकी भागरथी घर फर्किन पाईनन । आमाले सुकाएको मकै बोरामै थन्कियो ।

स्कुकको छुट्टी हुने बित्तिकै छोरी घर आउली र चक्की जालीन भन्ने सोचिकी थिईन आमाले तर भागरती आईनन । केही समय अगाडी मात्रै पती गुमाएकी भागरतीकी आमाले सेतो कपडामा बुधबार साझँसम्म पनी छोरी आउने आशामा भागरथीको बाटो हेरिरहेकी थिईन ।

तर भागरथीसगंैका साथीहरु सबै घर फर्किए, हेर्दा हेर्दे डाडा माथिको घाम अस्तायो, एक्कै छिनमा क्षितिज पारी देखिएको सुर्य पनी अस्तायो अनि झमक्कै रात प¥यो, चारै तिर अन्धकार भयो तर भागरथी फर्किएर घर आईनन । अबेरसम्म भागरथी घर नआए पछि सोधखोजको काम चल्यो तर कतै भेटिईनन भागरथी । परिवारले अड्कल काट्न थाले कतै पाईल पो गईकी ?

जवान भएकी छोरी पाईन जान पनि सक्छे भन्ने आफ्न्तको अनुमान पनी गलत थिईन । सबै तिर तलासी गर्न थालियो । बिहिबार प्रहरीकोमा उजुरी पनी गरियो । सबै तिर उथल फुथल र हल्ला खल्ला भयो । भागरथी हराएको खबर गाउँभरि फैलियो । यतिबेला सम्म पनि भागरथी जिउदै होलीन भन्ने आशा सबैको मनमा थियो । तर त्यो आशा एक्कै छिनमा निराशामा परिणत भयो । बिहिबार भागरथी भेटिईन तर सधंैका लागी आखा बन्द गरेको अबस्थामा ।

घर नजिकैको लबलेक भन्ने स्थानमा भागरथी मृत अस्थामा फेला परीकी थिईन । सायद घर पुगेर चक्की जाने हतारमा हुदी हुन भागरथी ? तर दुष्ट पापीहरुले उनलाई घर पुग्नै दिएनन । मृतक भागरथीका आमा अहिले चिच्याई रहेकी छिन । “छोरी ‘मकै सुकाई राख्नु आमा, म स्कुलबाट फर्किएर चक्की जाउँला’ भनेकी थियौ । आज ५ दिन भैसक्यो छोरी तिमि किन आउदैनौ ? मैलैे मकै सुकाएर बोरामा हालीकी छु । आउ छोरी चक्की जाउ । तिमी कहिले आउछौ छोरी ? छिट्टो आए ”।

यस्तै यस्तै भनेर र्बबराई रहेकी छिन । बिचरी , भागरथीका आमा । भागरथीको बलत्कार पछि हत्या भएका आंसकामा प्रहरीले बिहिबार देखि नै अनुसन्धन गरीरहेको छ । उसो त शबको प्रकृति हेर्दा बलात्कार पछि हत्या भएको अनुमान सहजै गर्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्ष नारायण प्रसाद अधिकारी , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलका एसएसपी जनकराज पाण्डे , केन्द्रिय अनुसन्धान ब्युरोको टोली जुटेको छ । तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

प्रहरीले अहिलेसम्म सार्वजनिक गर्नै पर्ने खालको प्रगति भने गर्न सकेको छैन । भागरथीको न्यायको माग गर्दै जिल्लाका बिभिन्न ठाउँहरुमा प्रर्दशन जारी रहेका छन ।

कतै यो घटना पनी निर्मला पन्त हत्या काण्ड जस्तै हुने होकी भन्दै आसंका ब्यक्त हुन थालेको छ । यसका लेखक सञ्चारकर्मी जनक साउँद हुन । उनी रेडियो बैतडी, बैतडीमा कार्यरत छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।