२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

कंचनपुरकाे शुक्लाफाँटामा रक्तदान कार्यक्रम सम्पन्न

कंचनपुर- कंचनपुरकाे शुक्लाफाँटामा रक्तदान कार्यक्रम सम्पन्न रक्तदान गर्न जनप्रतिनिधि, कर्मचारी, राजनीतिज्ञ,संचारकर्मी,व्यवसायी,सुरक्षाकर्मी तथा युवा बिद्यार्थीले सहभागिता जनाए कंचनपुरकाे शुक्लाफाँटा नगरपालिका१० झलारिमा आईतवार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।

रक्तदान, जिवनदान,भन्ने मुल नाराका साथ नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएकाे हाे।आईतवार सम्पन्न रक्तदान कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,राजनितिज्ञ,संचारकर्मी,व्यवसायी,सुरक्षाकर्मी तथा युवा बिद्यार्थी समेतले रक्तदान गरेका हुन्।नेपाल रेडक्रस साेसाईटि उपशाखा झलारिकाे प्राङ्गणमा भएकाे रक्तदान कार्यक्रममा प्राबिधिक सहयाेग नेपाल रेडक्रस साेसाईटि शाखा कंचनपुरकाे रहेकाे थियाे भने उपशाखा झलारि र नेपाली कांग्रेस शुक्लाफाँटा नगर कमिटिकाे समुन्वयमा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रमका संयाेजक तथा नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रिय सदस्य तारा सिंह भाटले वताए।

रक्तदान कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस कंचनपुरका सभापति हरि प्रसाद वाेहराले गरेका थिए।कार्यक्रममा सम्वाेधन गर्दै प्रमुख अतिथि वाेहराले देशमा काेभिड महामारीको संकटमा रहेकावेला पर्याप्त मात्रा रगतकाे संचित गर्न रक्तदानकाे याे कार्यक्रम प्रशंसनिय रहेकाे वताउदै सभापति वाेहराले भने रगतकै अभावमा अकालमै जाे सुकैकाे पनि मृत्युवरण नहाेस भन्ने पवित्र भावनाले मानव जीवन रक्षाकालागि गरिएको रक्तदान कार्यक्रम सराहनीय रहेकाे वताए।

उनलेभने आजको यश अभियानवाट धेरैले नयाँ जीवन पाउन सक्नेछन् भने याे सामाजिक मानविय पराेपकारि कार्यले समुदाय स्तरमा पनि रक्तदान प्रतिको चेतना जागृत भई रगत भण्डारणमा वल पुग्ने नेता वाेहराले जनाए।

No description available.

रक्तदान अभियानमा शुनपा१०का पुर्व वडा अध्यक्ष तेज शाह,कार्यपालिका सदस्य लक्ष्मि शाह,रेडक्रस उपशाखा झलारिका उपसभापति धनेश्वरि भट्ट,रक्तदान कार्यक्रमका सहसंयाेजक गाेदावरि मार्कण्डा,व्यवसायी भिम वहादुर ऐर,मनाेज साउद,गणेश दत्त भट्ट,वविता ऐर,युवा शेर सिंह कार्की,कृष्ण चुनारा,राजन चाैधरि,नरेन्द्र चन्द,शुक्लाफाँटा नगरपालिकाका कर्मचारी मिन्नत नरसिंह राणा,गाेविन्द साउद,पत्रकार अर्जुन सिंह,वडानं११का युवा दिल वहादुर साउद,दिपेन्द्र जैरू,धनाऐर,युवा जीवन पाण्डे५,निशाऐर९,देवराज लुहार४,हरेन्द्र ऐर६,भिम दत्त पाण्डेय५,हरिश ऐर७,आनन्द भाट७,राजेन्द्र पाण्डेय८,नारद राना७,कृण्ण ऐर७,राजनीतिकर्मी दुर्गाप्रसाद भट्ट७,करन सिंह ऐर४,शुनपा२नं वडा अध्यक्ष शिवराज पनेरू,शैलेश्वरि सशस्त्र प्रहरी वल नेपाल ३५नं गण वनसमेतिका जय वहादुर महता लगायतका दशजना सहितका ७० जनाले रक्तदान गरेकाे नेपाल रेडक्रस साेसाईटि उपशाखा झलारिका सभापति शेर वहादुर साउदले जानकारि दिए।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव ईश्वरीप्रसाद जाेशि,पुर्व सचिव भाेजराज वाेहरा,शुनपा नगर प्रमुख दिल वहादुर ऐर,नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य ज्ञानेन्द्र सिंह,नेका क्षेत्रनंका सभापति दल वहादुर वाेहरा,सचिव सुदर्शन ऐर,नेका शुक्लाफाँटा नगर सभापति जय वहादुर विष्ट लगायतकाे उपस्थिति रहेकाे थियाे।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।