२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

भागरथी भट्टको न्यायको माग गर्दै अत्तरियामा प्रदर्शन

धनगढी : बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग गर्दै अत्तरियामा 3Dvl creations संस्थाको समन्वयमा बिध्यार्थीहरुले र्‍यालीसहित बिरोध प्रदर्शन गरेको छ ।
बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बिभत्स हत्याको बिरोध गरेका हुन् ।

बिरोध कार्यक्रममा बोल्दै भागरथीले न्याय नपाएमा निरन्तर आन्दोलन जारी रहने र कालो पटि बाधेरपनि आन्दोलन गर्ने नेपाल विद्यार्थी संघका दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका युबा नेता देबराज ओझाले बताए ।

यो घटना एकदमै निन्दनीय रहेको पटक पटक यस्ता घट्ना हरु नदोहोरिन दिन कार्यक्रमको आयोजना गरिएको नेपाल विद्यार्थी संङका दुर्गा लक्ष्मीका युबा नेता धर्मराज भट्ट बताए ।
कार्यक्रम थुप्रै महिलाहरुले पनि आफ्नो कुरा राख्दै दिनदिनै बढीरहेको र हामि चेलीबेटि हरु कैले सम्म लुकि छिपी बस्ने जबाफ चाइयो सरकार भनेर आफ्नो कुरा राखेका थिए ।

कार्यक्रम संयोजक 3DVL creationका निर्देशक दिपक ओझाले उक्त कोणसभा सम्बोधन गर्दै यो घट्ना दोस्रो निर्माला पन्त नहोस घरमा अामा एक्लै किरियामा बिरालाेकाे साहारामा बसेकि छिन्। घर सुनसान बनेकाे छ ।भागरथीका बुबा बित्नु भएकाे दुई महिना समेत भएको छैन्। बिधालयमा भागरती लाई छेड्ने व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । यो घटना पनि षडयन्त्र न होस घटनाकोको निस्पछे छनबिन होस उनले बताए ।
कार्यक्रम संचालन 3dvl creationका सचीव युबानेता एल आर ओझा गरेका थिए। 3dvl creation संस्था सामाजिक कार्यमा सक्रिय रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।