२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

राष्ट्रिय जनमोर्चा कैलालीले संयुक्त प्रेस विज्ञप्ति: बैतडी घटनामा दोषिलाई कडा सजाय दिन सरकार संग माग

कैलाली- राष्ट्रिय जनमोर्चा सुदुरपश्चिम प्रदेश कार्यालय कैलालीले बैतडीकी भागरथि भट्ट घटनामा दोषिको खोज तलास गरि दोषिलाई कडा भन्दा कडा सजाय दिन सरकार संग माग संगै श्रध्दान्जलि अर्पण गरेको छ।

विज्ञप्तिमा लेखिएको छ: घटना बाट हामी सबै स्तब्ध भएका छौं। मृतक बहिनी भागरथी भट्ट प्रती भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं।
उक्त घटनाको सत्यतथ्य छानबिन गरि सारा मानवीय मुल्य मान्यता माथी चुनौती खडा गर्ने यस्तो हिंसक र अपराधी घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई हदै सम्मको कार्वाहीका लागि संबंधित निकायको सङ्ग जोडदार माग गर्दछौं।

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया विद्यार्थी भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिईन।

बुधवार घरबाट विद्यालय गएकी भागरथी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव हत्या गरी फालिएको अवस्थामा जङ्गलमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।