कञ्चनपुरमा कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।



जिल्ला कारागारमा रहेका १ सय ९९ जना कैदीबन्दीहरुलाई बिहिवार कारोना भाइरसविरुद्धको खोप लगाइएको हो ।
हाल कारागारमा ३ सय ९२ जना कैदिबन्दी रहेको र पहिलो चरणमा १ सय ९९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यस्तै आज अन्य कैदिबन्दीहरुलाई खोप लगाईने बताइएको छ ।
Views: 139

























