धनगढी – आज घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ ।



झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको छ ।
बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए ।
केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरे पनि संख्या एकीन भएको छैन ।
– मिरमिरे अनलाइन
Views: 161

























