२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

दार्चुलामा ट्रकमा आगजनी गर्ने विप्वव नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता विरुद्ध मुद्दा

दार्चुला : दार्चुलामा ट्रकमा आगजनी गर्ने विप्वव नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको छ।

गत माघ १० गते आह्वान गरिएको बन्दका बेला दार्चुला सदरमुकामतर्फ गइरहेको सुपप्र ००१ क १५४८ नम्बरको मिनीट्रकमा जिल्लाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आगजनी गर्ने ३ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक भाष्कर चन्दले प्रहरी प्रतिवेदनका आधारमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको बताउनुभयो ।

प्रहरीले उनीहरुको खोजी कार्य भइरहेको बताएपनि नाम भने खुलाएको छैन। यसअघि प्रहरीले शंकाका आधारमा सोधपुछका लागि ट्रक चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

डडेल्धुरामा बन्दको प्रभाव सामान्य, कञ्चनपुरमा अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार
डडेल्धुरा: डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालरनेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन।

जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आमहडतालसहित प्रचण्ड–माधव समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्चालन गरिएको छ। लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए।

अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

यता, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ। काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हँदा झ्यालको सिसा फुटेको छ।

बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

बसका रहेका यात्रु भने सकुसल रहेको उनले जानकारी दिए। ‘ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन,’ उनले भने, ‘खोजी कार्य जारी राखेका छौँ।’

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पु¥याउने कार्य गरिरहेको छ। बजार क्षेत्रलगायत पूर्वपश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।