२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्‍गा प्रहार

कञ्‍चनपुर। कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्‍गा प्रहार गरेको छ। काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्‍गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ।

बिहान ६:०० बजेको समयमा बसमा ढुङ्‍गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। बसका रहेका यात्रु भने सकुशल रहेको उनले जानकारी दिए। “ढुङ्‍गा प्रहार गर्नेको पहिचान भएको छैन,” उनले भने, “खोजी कार्य जारी राखेका छौं।”

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्‍न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्‍याउने कार्य गरिरहेको छ। बजार क्षेत्रलगायत पूर्व-पश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।