२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

महेन्द्रनगर बजार बिहानैदेखि बन्द

महेन्द्रनगर, २२ माघ । दाहाल नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ ।

दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल समान्यरुपमा चले पनि सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने बजार व्यवसाय समेत ठप्प बनेको छ ।

अत्यावश्यक सेवाहरु एम्बुलेन्स दुग्ध संस्थान पत्रपत्रिका बाहेक बाहेक सबै खाले सवारी साधनहरु बिहानैदेखि बन्द रहेका छन् । आम हड्ताल सफल बनाउन प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

बिहानैदेखी महेन्द्रनगरको भानुचोकमा पुर्व पश्चिम राजमार्गमा सडक जाम गरेर बसेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हड्तालका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर कञ्चनपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताएको छ ।

यस्तै कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले चल्दै गरेको बसमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको बसमाथि ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले ढुङ्गामुढा प्रहार गर्ने नेकपाकै कार्यकर्ता भएको आशंकामा खोजी भइरहेको बताए ।

उनले बसमा धेरै क्षति भने नभएको जनाए । सुदूरपश्चिम प्रदेश प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्ताललाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको जनाएको छ ।

आम हड्तालका नाममा हुने प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुगाउने गतिविधिमा संलग्नलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता मुकेशकुमार सिंहले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।