२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश

काठमाडौं, २० माघ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकताको विवाद चरणवद्ध प्रक्रियामा प्रवेश गर्ने अवस्था देखिएको छ ।

राजनीतिकरुपमा विभाजन भए पनि प्रचण्ड र ओली दुवै पक्षले निर्वाचन आयोगमा यसअघि आधिकारिकताको दाबी गर्न नपर्ने जिकिर गर्दै आएका थिए ।

सो जिकिरलाई मध्यनजर गर्दै आयोगले पार्टी कानुनीरुपमा एक रहेको निर्णय गरेको एक सातापछि सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रचण्ड र माधव नेपाल पक्षले आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो ।

सो निर्णयअनुरुप आधिकारिकता दाबी गर्दै निवेदन दिएमा आधिकारिकता विवाद कानुनी प्रक्रियाअनुरुप टुंग्याउने दिशातर्फ अघि बढ्ने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनिल महर्जनले लेखेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।