२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडी महिला अवार्डलाई नोभा अस्पतालको साथ

धनगढी । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको नोभा अस्पतालले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिईने ९ विधा मध्ये बर्ष खेलाडी महिला विधालाई नोभाले प्रायोजन गरेको हो ।

अब यो विधाको नाम नोभा अस्पताल बर्ष खेलाडी महिला अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा नोभा अस्पतालकी प्रशासन अधिकृत सुमन भट्ट र अस्पतालका मेसु डाक्टर रामविहारी चौधरी तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य गगन अयडीले हस्ताक्षर गरे ।

धनगढीको अस्पताल लाईनमा रहेको नोभा अस्पतालले विभिन्न विशेषज्ञ सेवाहरु एकै छाना मुनि प्रदान गर्दै आएको छ । अस्पतालले न्युरो सर्जरी सेवा पनि दिईरहेको छ । टाउको सम्बन्धी समस्याको लागि अन्यत्र जानुपर्ने अवस्था रहेकोमा नोभाले यो सेवा सुरु गरेसँगै अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

त्यस्तै छाला रोग विशेषज्ञ र डेन्टल सेवालाई पनि प्राथमिकतामा राखेर सेवा दिदैं आएको छ । त्यसैगरी अत्याधुनिक सबै प्रकारका स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । सबै प्रकारका शल्यक्रिया र सर्जरी सेवा पनि दिईरहेको अस्पतालले जनाएको छ । नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ ।

चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईने खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य तथा खेलाडी छनोट समितिका सदस्य नवराज पनेरुले जानकारी दिए ।

अवार्ड अन्तर्गतको बर्ष खेलाडी पुरुषलाई नवजीवन अस्पताल, बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स, लाईफटाईम अचिभमेन्ट अवार्डलाई सारथी अस्पताल र स्पेशल अवार्डलाई न्यु सिटी पोलिक्लिनिकले प्रायोजन गरेका छन् ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणमा धनगढी उप महानगरपालिका प्रबद्र्धकको रुपमा रहेको छ । ओम प्यालेस भेनु पार्टनरको रुपमा रहेको छ । अन्य प्रायोजकहरु र विधा प्रायोजकहरुको खोजी भईरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।