२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाडौं– कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो ।

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान परीक्षाफल प्रकाशित गर्ने निर्णय गरे अनुसार आज बिहान नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

यो वर्ष कक्षा १२ को चार लाख ३३ हजार २७१ जनाले परीक्षा दिएका थिए ।

जसमा एक जनाको नतिजा रद्द गरिएको छ भने ११ हजार चार सय ९० जनाको स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले बताए ।

बैशाखमा लिइने १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो।

यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो। कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र परीक्षा गरिएको थियो।

त्यस्तै ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गरिएको नियन्त्रक शर्माले बताए।

विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटी हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।