२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

शिक्षक पेशा बाट चप्पल उद्योग व्यवसायमा लागेका राेकाकाे संगर्समय कथा

दिपक राज भट्ट/डडेल्धुरा – सुदुर पश्चिमकाे पहाडी जिल्लाकाे केन्द्रमा रहेकाे डडेल्धुरा सदरमुकाम बाट बैतडी राेड भन्दा माथि बिधुत राेडमा सफल चप्पल उद्योग नामले डडेल्धुरा अमरगढिका रामसरन राेकाले अाफ्नै लगानिमा पाँच महिना अगाडि अाठ लाख लगानीमा व्यवसाय सुरु गरेका थिए ।

शिक्षक पेशामा १२ बर्ष निरन्तर खटिएका राेकाले पैशा भने खासै कमाउनु नसकेकाे तर सम्मान कमाएकाले व्यवसाय गर्ने साेच बनाएकाे बताउछन् । राेका अहिले ४० बर्षका भएका छन् ।

उनले डडेल्धुरामा लेडिज जुत्ति उत्पादन गरिरहेका छन् भने भारत बाट कारिगर मागाएर उत्पादन सुरु गरेका छन् । स्थानिय उत्पादनले बजार निकै पाएकाले अब उत्पादनकाे सेवा सुबिधा बढाउने साेचमा राेका छन् । अहिले लेडिज चप्पल,जुत्ति उत्पादन मात्र गरिरहेकाे र अब लगत्तै थप दस लाख लगानि गरेर जेन्स जुत्ता,चप्पल पनि डडेल्धुरामै उत्पादन गरिने उनी बताउछन्।

उनकाे उद्योगमा अहिले १० जानाले काम गरिरहेका छन्। उद्योग संञ्चालनका लागि अमरगढि नगरपालिकाले पनि सहयाेग गर्ने प्रतिबध्ता जनाऐकाेमा नगरपालिका मेयर विपिन अाेझा र साना तथा घरेलु उद्योग डडेल्धुराका प्रमुख केशव सिंह भण्डारी लाई राेकाले धन्यवाद समेत दिएका छन् ।

राेका बिदेश जाने युवाका लागि प्रेरणा बनेका छन् भन्छन् – “हामीले विदेश जानुका लागि मात्र खर्च गरिने रकम स्वदेश (अाफ्नै ठाउँमा ) लगानी गर्ने हाे भने हामी सफल हुन्छाै । विदेशमा गरिने मेहेनत स्वदेशमै गर्नु वेस हुन्छ “।

No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।