धनगढी- मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् ।



धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ स्थित मटियारीमा सुपप्र ०१००९प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी–६ का १८ वर्षीय रोहित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
३ जना सवार रहेको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना हुँदा रानासहित अन्य २ जना पनि घाइते भएका थिए । घाइते रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
दुर्घटनामा परी घाइते भएका धनगढीकै १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय मिलेन्द्र सिंह रानाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Views: 164


















