२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

नेपाल प्रजातान्त्रिक महासंघ सूचना , प्रविधि तथा प्रचार बिभाग डोटी जिल्ला संयोजकमा भट्ट

डोटी :नेपाल प्रजातान्त्रिक महासंघ सूचना , प्रविधि तथा प्रचार बिभाग सुदूर पश्चिम प्रदेशको डोटी जिल्लामा लवदेव भट्टलाई संयोजकमा मनोनयन गरिएको छ ।

सूचना ,प्रविधि तथा प्रचार बिभाग डोटी संयोजकमा मनोनीत भएका भट्ट नेपाल प्रेस युनियन डोटी शाखाका पुर्व उपाध्यक्ष तथा प्रदेश पार्षद हुन ।

डोटीमा बिभागको सचिवमा प्रेस युनियन डोटी कि उपाध्यक्ष लक्ष्मी रोकायालाई मनोनयन गरिएको नेपाल प्रजातान्त्रिक महासंघ कि केन्द्रिय सदस्य एवं सूचना ,प्रविधि तथा प्रचार बिभाग केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।

बिभागको डोटी शाखाका लागि सदस्यहरुमा युनियन जिल्ला सदस्य मोहन पनेरु , प्रदेश पार्षद लोकराज पाण्डेय , जिल्ला सदस्य एकेन्द्र चन्द , जिल्ला सदस्य ईन्द्रबहादुर शाही र युनियन डोटी शाखाका सदस्य नवीन जेठारालाई सुचना , प्रविधी तथा प्रचार बिभागको मनोनीत गरिएको बिभागका सुदुर पश्चिम प्रदेश संयोजक दीपेन्द्र बस्नेतले बताए ।

डोटीमा बिभागमा पदाधिकारी मनोनयन गरिए संगै सुदूर पश्चिमका सबै जिल्लाहरुमा संगठन बिस्तारको कार्य सम्पन्न भएको प्रदेश संयोजक बस्नेतले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।