२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

पुनर्वासमा प्रथम फारवेष्ट कप पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने

 कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा प्रथम फारवेष्ट कप आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा माघ ३० गते पेनाल्टी सुटआउट हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । कक्षा ८ सम्मका बिद्यार्थीहरूले सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

शिक्षा संगै खेलकुद लाई पनि अगाडि बढाउने उदेश्यले पहिलो पटक विद्यालय स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको र आगामी बर्षहरूमा यसलाई निरन्तरता दिईने विद्यालयका अध्यक्ष तथा सञ्चालक काशिराम बोहराले बताए ।

प्रतियोगिताको विजेताले ११ हजार १ सय ११, उपविजेताले ६ हजार ६ सय ६६ साथमा सानदार टर्फि तथा मेडल र सर्वाधिक गोलकर्ताले १ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । विद्यालय पेनाल्टी सुटआउट फुटबल प्रतियोगितालाई श्री सरस्वती पुस्तक पसल धनगढी कैलालीले मुख्य प्रायोजन गरेको छ । यस्तै रिदम फलसिलिङ्ग उद्योग धनगढीले सह प्रायोजकमा साथ दिएको छ ।

श्री शिद्ददेवी ट्रेडस पुनर्वास १० ले ट्रफी तथा मेडल पुरस्कारको प्रायोजन गरेको छ भने श्री प्रशान्त ईलेक्ट्रोनिक्स पुनर्वास १० ले सर्बाधिक गोलकर्ताको प्रायोजन गरेको छ ।

यस्तै श्री बिष्ट ग्रिल उद्योग पुनर्वास १० ले अन्य पुरस्कारको प्रायोजन गरेको छ । आयोजकका अनुसार माघ २८ गते २ बजेसम्म टिम दर्ता गर्न सकिने र दर्ता शुल्क निशुल्क रहेको आयोजकले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।