शनिबार देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ।



कूल संक्रमितमध्ये २ लाख ६६ हजार ४८ जना निको भइसकेका मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३५० संक्रमित निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको मन्त्रालयले जनाएको छ।
कोरोनले थप २ जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ।
Views: 154

























