कञ्चनपुर । कञ्चनपुरमा एक लाख ६० हजार बढीको अवैध सामान बरामद गरिएको छ।



जिल्लाको पुनर्वास नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रबाट एक सय ८० किलोग्राम ब्रोइलर कुखुरा, से ६ प ९०८६ नम्बरको मोटरसाइकल, ८ बेरा मल, एक सय किलोग्राम भेली लगायतको सामान बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर, शैलेश्वरीले उक्त मूल्यको सामान भन्सार कार्यालय गड्डाचौकी बुझाएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए।
Views: 141

























