गोकर्ण पाण्डे/गुल्मी- गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर १ मा रहेको हर्मिचौर माध्यमिक बिधालयले आफ्नो ६१औं वार्षिक उत्सव तथा अभिभावक भेला बिहिवार सम्पन्न गरेको छ।



वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन बिधालय ब्यवस्थापन समितिका अध्यक्ष पोस्मकान्त पाण्डे ले गर्नु भएको थियो र उहाँले अभिभावकले पनि बालबालिकालाई बाहिरी विद्यालयमा भन्दा आफ्नै स्थानिय विद्यालयमा पढाउन अनुरोध गर्नुभयो।
शिक्षक ,अभिभावक ,बिद्यार्थी र शैक्षिक वर्गको आपसी समन्वय भएमा मात्रै शिक्षामा आमूल परिवर्तन हुने कुरामा जोड दिनुभएको थियो ।यस्तै कार्यक्रमको अवसर पारी बिधालायमा २०७६को वार्षिक परिक्षामा उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थी र बिधालायमा नियमित उपस्थित हुने विद्यार्थी लाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बिधालयका प्रधानध्यापक तिलाचन पाण्डे ले बिधालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । भने कार्यक्रमकाे सञ्चालन शिक्षक भिम भुषाल र विष्णु प्रसाद पाण्डे ले गर्नु भएको थियो।

























