२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर प्याकेज’ शुभारम्भ

सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर प्याकेज’ शुभारम्भ भएको छ। बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेली टुर प्याकेज’ को उद्घाटन गरेका हुन।

खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को आयोजनामा सुरु भएको उक्त ‘हेली टुर प्याकेज’ को शुभारम्भ गर्न मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित झण्डै २० जना खप्तड पुगेका छन्।

हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि ५ किसिमका प्याकेज रहेको खप्तड होमस्टेका सञ्चालक दिपक बहादुर खड्काले बताए। धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याइएको उनले बताए।

‘हेली टुर प्याकेज’ यही माघ १४ गतेदेखि १८ गतेसम्म रहनेछ। प्याकेजमा दुईतर्फी हेली टिकट हुने बताइएको छ। पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइने ‘खप्तड होमस्टे’ले जानकारी दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।