डडेल्धुरा । आलिताल गाउपालिकामा चार वटा वडा कार्यालय भवन एकै पटक निर्माण गरिदै छन । गाउँपालिकाले वडा कार्यालय भवन निर्माण लाई तिव्रता दिएको छ । आठ वडा रहेको आलिताल गाउँपालिकाको १,३,४ र ८ नम्वर वडा कार्यालयको भवन निर्माण भईरहेको हो ।



स्थानिय तहको निर्वाचन भएको लामो समय भईसक्दा वडा कार्यालयका आफ्नो भवन नहुदा सेवा प्रभावहमा समस्या हुने गरेको छ । सेवा प्रवाह लाई सहज बनाउन आलिताल गाउँपालिकाले वडा कार्यालय भवन निर्माण लाई तिव्रता दिएको हो ।
करिव ३ करोड ५० लाख रुपैयाँको लागतमा चार वटा वडा कार्यालय निर्माणाधिन छन । वडा कार्यालयका भवनको निर्माण कार्य चालु आर्थीक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए ।
२ नम्वर वडा कार्यालयको आफ्नै भवन छ । अब बाँकी तिन वडा कार्यालयका भवन पनि यहि वर्ष निर्माण कार्य शुरु गरिने योजना रहेको गाउँपालिकाले जनायो ।
वडा कार्यालयको भवन निर्माणका लागि ५० प्रतिशत रकम सुदुरपश्चिम प्रदेश सरकार र ५० प्रतिशत गाउँपालिकाको रकम रहेको छ ।


















