बझाङको छविसपाथिभेरा गाउँपालिका –३ का अमृतसिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन् ।

हत्या अभियोगमा पक्राउ पर्नेहरुमा छविसपाथीभेरा गाउँपालिका २, का वडा अध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञान वहादुर कठायत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्या घटनामा वडाध्यक्ष विकास अयडी चढ्ने से १ प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीले मोटरसाइकलसहित वडाअध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राति पक्राउ गरेको थियो भने ज्ञानवहादुर कठायतलाई मंगलवार नै घटनास्थलबाट स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकास अयडी र केदार अयडीलाई थलारा गाउँपालिका वडा नं ३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।बझाङको छविसपाथिभेरा गाउँपालिका –३ का अमृतसिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन् ।
हत्या अभियोगमा पक्राउ पर्नेहरुमा छविसपाथीभेरा गाउँपालिका २, का वडा अध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञान वहादुर कठायत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्या घटनामा वडाध्यक्ष विकास अयडी चढ्ने से १ प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीले मोटरसाइकलसहित वडाअध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राति पक्राउ गरेको थियो भने ज्ञानवहादुर कठायतलाई मंगलवार नै घटनास्थलबाट स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकास अयडी र केदार अयडीलाई थलारा गाउँपालिका वडा नं ३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।