२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

होबर्ट हुरिकेन्स उपाधि होडबाट बाहिरियो

 बिग बैश लिगको आगामी चरणबाट बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा होबर्टले मेलबर्न रेनिगेड्सबाट ११ रनको हार बेहोर्दा ऊ प्ले अफबाट बाहिरिएको हो । फाइनलसम्म पुग्ने सम्भावना जिवित राख्न होबर्टले अङ्कतालिकाको पुछारमा रहेको मेलबर्न रेनिगेड्ससँग जित्नैपर्ने थियो । हारपछि होबर्ट तालिकाको छैटौं स्थानमा पुगेको छ । लिगको अर्को खेलमा मेलबर्न स्टार्सले सिड्नी सिक्सरसँग हार बेहोरे र ब्रिसबेन हिटले पर्थ स्क्रचर्ससँग हार बेहोरे होबर्ट प्ले अफका लागि स्थान सुरक्षित गर्न सक्थ्यो तर ब्रिसबेनले पर्थ स्क्रचर्सलाई हराएपछि हुरिकेन्स बाहिरिएको हो ।

होबर्टले १४ खेलमध्ये सातमा जित र सातमा हार बेहोर्दै २८ अङ्क बटुलेको छ । तर उसको पाँचौं स्थानको एडिलैडभन्दा नेट रन रेट कम हुन गयो । शीर्षस्थानमा रहेको पर्थ र सिड्नी सिक्सरको सामान ३२ अङ्क छ । सिड्नी थन्डर तेस्रो, ब्रिसबेन हिट २९ अङ्कसहित चौथो तथा एडिलैड स्ट्राइकर १८ अङ्कसहित पाँचौं स्थानमा छ ।
मेलबर्न रेनिगेड्सले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याउँदै होबर्ट हुरिकेन्सले पुरै २० ओभर खेले पनि नौ विकेटको क्षतिमा मात्र १३९ रनमा सीमित हुन पुग्यो । ९१ रनमा देविड मलानको रुपमा चौथो विकेट गुमाउँदा होबर्टले ४४ बलमा ५९ रन ल्याउन आवश्यक थियो । तर एकपछि अर्को विकेटको पतन भएपछि उसले २० ओभर खेले पनि लक्ष्यभन्दा १२ रन पछाडि रहन गयो ।

होबर्टका लागि ओपनर डी आरसी शटले २९ तथा म्याथ्यु वाडेले १३ रन बनाए । देविड मलानले सर्वाधिक ३४ रनको योगदान दिए । 
होबर्टलाई सस्तोमै समेटन ज्याक इभान्सले चार ओभरको स्पेलमा मात्र ३३ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । विल सुदरल्याण्ड, पिटर हयाजोग्लौ र इमाद वसिमले सामान एक एक विकेट लिए ।

यसअघि मेलबर्नमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मेलबर्नले पुरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १५० रनको योगफल तयार गर्यो । मेलबर्नको पारीमा बेउ वेब्स्टरले सर्वाधिक ५४ रनको योगदान दिए । उनले मात्र ३५ बलमा चार चौका र एक छक्का लगाउनुभयो । म्याक्केन्जी हार्भीले दोस्रो सर्वाधिक ४० रनको योगदान दिए।
होबर्टका लागि रिली मेरिथले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। स्कट्ट बोलन्ड र डी आरसी शटले सामान एक एक विकेट लिए ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले चार ओभर बलिंग गरे पनि ३५ रन खर्चेर विकेटविहीन बन्न पुगे। ज्याक इभान्स प्लेयर अफ द म्याच घोषित भए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।