२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं, १३ माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले निक्षेपको रुपमा बैंकहरुमा सो बराबरको रकम लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा रहेको रकमबाट सो बराबरको रकम ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा ३६ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा १२ करोड २५ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

आगामी फागुन २ गतेदेखि २०७८ फागुन २ गतेसम्मा लागि राष्ट्र बैंकले सो बराबरको रकम निक्षेप राख्ने छ । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ ।
राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ ।

यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले माघ १४ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।